पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य तीन/तीन रुपियाँ बढ्यो

| 2022 Feb 20 | 07:34 am 1221

काठमाडौं, फागुन ८ः नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो।

आइतबारबाट काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १२८ रुपैयाँ पुगेको छ। निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यतावत राखिएको छ।

यसअघि निगमले माघ १८ गते मूल्य बढाएको थियो। इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार नेपालमा मूल्य वृद्धि भएको निगमले जनाएको छ। यसरी मूल्य बढाउँदा निगमको घाटा १५ दिनमा करिब दुई अर्ब ४१ करोड रहेको बताइएको छ। गाेरखाित्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.