पेट्रोल, डिजेल, मटितेल र एलपी ग्यासको मूल्य बढ्यो

रिपोर्ट नेपाल | 2021 Nov 11 | 07:26 am 1933

काठमाडौं, कात्तिक २४ः नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मटितेल र एलपी ग्यासको मूल्य बढाएको छ ।

निगमले बुधबार राति विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर तीन रुपियाँले वृद्धि गरेको छ भने खाना पकाउने एलपी ग्यासमा ७५ रुपियाँ बढेको जनाएको छ । मूल्य वृद्धि भएसँगै अब ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपियाँ कायम भएको छ ।

यसैगरी पेट्रोल २३६ रुपियाँ पुगेको छ भने डिजेल मटितेल प्रतिलिटर ११९ रुपियाँ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.