पूर्वसचिवकी पत्नीको हत्याप्रयासः प्रयासमा संलग्न कामदारद्वारा आत्महत्या

| 2020 Feb 10 | 02:21 pm 1487

ललितपुर, माघ २६: आफ्नै घरमा काम गर्ने कामदारबाट पूर्व सचिव अर्जुन कार्कीकी पत्नीको हत्याप्रयास भएको छ भने कामदारले झुण्डिएर आत्महत्या गरेका छन् ।

ललितपुरको सानेपास्थित कार्कीको घरमा काम गर्दै आएका विशाल चौधरीले हत्याप्रयास गरेको बुझिएको छ।

सचिव कार्कीकी पत्नी मुनालाई किचेनरुममा मरनासन्न हुने गरी आक्रमण गरेपछि चौधरीले झुण्डिएर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए।

डिएसपी तामाङका अनुसार मुना कार्कीलाईे टाउकोबाट अत्यधिक रगत बगेर चिन्ताजनक अवस्थामा उनकै घरको किचेनमा लडेको भटिएको बताए ।

उनीमाथि आक्रमणमा संलग्न कामदार विशाल चौधरी भने घरमै झुण्डिएर आत्महत्या गरेको अवस्था फेला परेको बताए।

प्रहरीका अनुसार चौधरीको शव कार्कीकै घरभित्रको कोठामा भेटिएको जनाइएको छ।

गम्भीर घाइते मुनालाई तत्कालै उपचारका लागि स्टार हस्पिटलमा पठाइएको छ। उनको गम्भीर अवस्थामा अहिले उपचार भइरहेको बताइएको छ।

डिएसपी तामाङका अनुसार चौधरीले कार्कीमाथि आक्रमण गर्नुको कारण पत्ता लागि नसकेको बताए ।

घटनाको प्रकृति हेर्दा झुण्डिएका चौधरीको हातभरी रगत लतपतिएको भेटिएको पाइएको छ । मुनामाथि आक्रमण गर्न प्रयोग गरिएका प्लाष्टिकको कुर्सीको टुक्रा पनि किचेनभरी छरिएको पाएको प्रहरीले बताएको छ ।

यस घटना प्रति प्रहरीले अनुसन्धान तीव्र पारिएको जनाएको छ। कार्कीका एकजना छोरा र दुईजना छोरी रहेका छन् । दुवै छोरी अध्ययानका लागि विदेशमा छन्। १२ वर्षीय छोरा काठमाडौंमै अध्ययनरत छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.