पूर्वराजा ज्ञानेन्द्रद्वारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

रिपोर्ट नेपाल | 2019 Nov 26 | 07:35 pm 2317

काठमाडौं, मंसिर १०: उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य लाभको कामना गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले सन्देश पठाएका छन् ।

मंगलबार साँझ आफ्ना मुख्य सचिव पशुपतिभक्त महर्जनलाई अस्पतालमा पठाएर प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको एपेण्डिसाइटिसको शल्यक्रिया पश्चात् केही दिनका लागि अस्पतालमै रहेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.