पूर्वराजा ज्ञानेन्द्र परिवार आज फर्कंदै

| 2022 Jul 22 | 08:29 am 2417

काठमाडौं, साउन ६ः करिब एक महिना थाइल्यान्ड बसाईपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्व युवराज्ञी हिमानी शाह आज शुक्रबार नेपाल फर्किने भएका छन् । असार २३ गते पूर्व राजा ज्ञानेन्द्रको ७६औं जन्मोत्सव मनाउन शाह परिवार थाइल्यान्ड पुगेका थिए ।

असार ३ गते थाइल्यान्ड पुगेका ज्ञानेन्द्र शाह परिवार आज साँझ ७ बजे थाई एयरवेजको विमानबाट नेपाल फर्कन लागेका हुन् । परिवारका तीन सदस्य र निजी सचिव डा. सागर तिमल्सिना नेपाल फर्कने निर्मल निवास स्रोतले जनाएको छ । अमेरिका पढ्दै गरेका नाती हृदयन्द्र एक साताअघि थाइल्यान्डबाट नेपाल फर्किसकेका छन् ।

दुई नातिनी पूर्णिका र कीर्तिकालाई थाइल्यान्डमै छाडेर ज्ञानेन्द्र परिवार नेपाल फर्कन लागेका हुन् । दुई छोरीको रेखदेख गर्न पूर्वयुवराज्ञी हिमानी थाइल्यान्डमै बसिरहेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.