पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज

रिपोर्ट नेपाल | 2019 Feb 01 | 03:46 pm 1869

काठमाडौँ,  माघ १८ :  हृदयाघात भएपछि आकस्मिक रुपमा सोमबार दिउँसो अस्पताल भर्ना गरिएका पूर्वयुवराज पारस शाह शुक्रबार डिस्चार्ज भएका छन्। तेस्रोपटक हृदयाघात भएपछि धमनीमा दोस्रोपटक स्टेन्ट राखिएका पारस शाहलाई शुक्रबार उनको फुपूको कमलादीस्थित घरमा लगिएको हो।

चिकित्सकहरुले उनलाई मुटुको ख्याल राख्न र धेरै दौडधूप नगर्न सुझाव दिएका छन्। उनको नर्भिक अस्पतालमा डा। यादवदेव भट्ट नेतृत्वको टोलीले उपचार गरेको हो। गम्भीर प्रकारको हृदयाघात भएपछि आइतबार दिउँसो साढे चार बजे पारसलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.