पूर्व सभामुख रानाभाटलाई मातृशोक

रिपोर्ट नेपाल | 2020 Jul 07 | 01:25 pm 1853

कास्की, असार २३ः पूर्व सभामुख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटलाई मातृशोक परेको छ ।

उनकी आमा एवं प्रजातन्त्र सेनानी स्वर्गिय नारायणदत्त रानाभाटकी धर्मपत्नी खिमकुमारी रानाभाटको मंगलबार बिहान पोखरा २६ आफ्नै निवासमा निधन भएको उनका छोरा नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले जानकारी दिए । उनी लामो समयदेखि बिरामी थिइन् ।

उनको जन्म १९७७ असोज महिना बिजयादशमीका दिन भएको थियो भने मृत्यु २०७७ आषाढ २३ गते भएको हो ।

सामाजिक रुपमा र राजनितीक रुपमा समेत क्रियाशिल उनको नेपाली कांग्रेस पार्टिमा अतूलनिय योगदान रहेको छ । उनका छोराहरु तारानाथ रानाभाट, खिलेन्द्र रानाभाट, देवेन्द्र रानाभाट र सुरेन्द्र रानाभाट रहेका छन्, भने छोरीहरु खिमादेवी रानाभाट र शोभा कुमारी रानाभाट हुन् ।

स्वर्गिय रानाभाटको मंगलबार दिउँसो २ः ३०बजे निवासबाट शवयात्रा सहित रामघाटमा अन्तेष्टी गरिने परिवार स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.