पूर्व सभामुख नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

| 2023 Sep 12 | 11:22 am 2209

काठमाडौं, भदाै २६ । सरकारले दिवगंत नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

मंगलबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

नेम्वाङको अन्त्येष्टिको दिन सरकारले सार्वजनिक विदा दिने निर्णयसमेत गरेको छ । हृदयघातका कारण बालुवाटारस्थित घरको शौचालयमा बेहोस भएपछि नेम्वाङलाई गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो।

सोमबार राती १ बजेर ४० मिनेट जाँदा उनको निधन भएको घोषणा गरिएको थियो। २०५१ मा कानुन मन्त्री भएका नेम्वाङ २०६३ को अन्तरीम संसदका सभामुख थिए।

पहिलो र दोस्रो संविधानसभाका अध्यक्ष रहेका नेम्वाङले संविधानका अन्तरबस्तुमा दलहरूलाई सहमतिमा ल्याउन भूमिका खेलेका थिए। नेम्वाङकै नेतृत्वमा २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.