पूर्व राष्ट्रपति डा रामबरण यादवकी छोरीको विवाह

रिपोर्ट नेपाल | 2019 May 01 | 11:56 am 2048

काठमाडौं, वैशाख १८:  पूर्व राष्ट्रपति डा रामबरण यादवकी छोरी अनिता यादवको विवाह हुने भएको छ । अनिताको विवाह यही वैशाख २३ गतेलाई तय गरिएको हो ।

यादवको विवाह रौतहटका इञ्जिनियर रमेश यादवसँग हुने भएको पारिवारिक स्रोतले जनाएको छ । अनिता फेसन डिजाइनर समेत रहेकी र समाजसेवामा सक्रिय रहेकी छिन् । यादवको विवाह धनुषाको जनकपुरस्थित आफ्नै निवासबाट हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.