पूर्व राजा ज्ञानेन्द्रले शनिबार विन्दवासिनी मन्दिरमा पूजा गर्ने

रिपोर्ट नेपाल | 2018 Dec 21 | 05:13 pm 1570

पोखरा, पुस ६ : पूर्व राजा ज्ञानेन्द्रले पोखरास्थित विन्दवासिनी मन्दिरमा शनिबार पूजा गर्ने भएका छन् । पूर्व राजा ज्ञानेन्द्रले शनिबार बिहान ११ बजे विन्दवासीनी मन्दिरमा पूजा गर्ने भएका हुन् ।

पूर्व राजा ज्ञानेन्द्रले  गत सोमबारदेखि निजी भ्रमणमा पाेखरामा  रहेका छन् । उनले आज राप्रपा अध्यक्ष कमल थापाबीच भेटवार्ता गरेका छन् ।आज बिहान पोखरास्थित एक होटेलमा पूर्वराजा शाह र अध्यक्ष कमल थापाबीच  भेटवार्ता भएको थियाे ।

पार्टी प्रशिक्षणका क्रममा पोखरा पुगेका थापाले पूर्वराजासँग भेट गरेका हुन । पोखरामा रहँदा शाहले पर्यटकीय स्थलको अवलोकन र विभिन्न धार्मिक स्थलको भ्रमण गर्ने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.