पूर्व राजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता

रिपोर्ट नेपाल | 2019 Jun 17 | 04:59 pm 3179

काठमाडौं, असार २ : झण्डै एक महिनाको थाईल्याण्ड बसाईपछि पूर्व राजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता भएका छन् । पत्नी कोमल राज्यलक्ष्मी शाहसहित पूर्व राजा शाह गएको जेठको पहिलो हप्ता थाइल्याण्ड प्रस्थान गरेका थिए ।

फुकेटमा अध्ययनरत नातिनी पूर्णिकाको ग्र्याजुएन तथा उच्च शिक्षाको निरन्तरताको अवसरमा अभिभावकीय उपस्थितिका पूर्व राजदम्पती त्यस तर्फ गएका थिए ।

सोमबार स्वदेश फर्किएका पूर्व राज दम्पतीलाई स्वागत गर्न शुभचिन्तक तथा समर्थकहरु एयरपोर्टमै पुगेका थिए । उनीहरुले ‘राजा आउ, देश बचाउ’ सहितका नारा समेत लगाएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.