पूरा भएन चन्द्रमामा पुग्ने भारतको सपना, अवतरण गर्नुअघि नै सम्पर्कविहीन भयो चन्द्रयान-२

रिपोर्ट नेपाल | 2019 Sep 07 | 11:32 am 1719

काठमाडौं, भदौ २१ : भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा पुर्‍याउने भनेर पठाएको चन्द्रयान-२ को सम्पर्कविहीन भएक भएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन(इसरो)का प्रमुख के सिवनले चन्द्रमाको सतहमा पुग्न २ किलोमिटर बाँकी हुँदा विक्रम ल्याण्डरसँग सम्पर्क टुटेको बताए।

चन्द्रयान-२ को विक्रम ल्याण्डर गएराति साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमामा अवतरण हुने बताइएको थियो । आफ्ना वैज्ञानिकहरूको उपलब्धी तथा उनीहरूलाई हौसला दिन इशरो पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘चन्द्रयान-२’सँग सम्पर्क टुटेपछि निराश वैज्ञानिकहरूलाई यान त्यहाँसम्म पुग्नु सानो उपलब्धि नभएकोले त्यसमा सानो मन नगर्न भन्दै उनीहरूलाई ढाडस दिएका थिए।

साे यान चन्द्रमा दक्षिणी ध्रुव नजिकै कुनै अवतरण गर्ने योजना बताएको छ । यस्तो गर्न सकेको भए भारत चन्द्रमाकाे सहतमा सफलतापूर्वक अवतरण गराउने चौथो देश हुने थियो । यति मात्र हाेइन चन्द्रमाकाे दक्षिणी ध्रुवमा यान उतार्ने भारत विश्वकै पहिलाे देश बन्ने धूनमा थियाे । त्यसैले पनि उसका लागि याे मिसन निकै महत्वाकांक्षी हाे ।

महत्वाकांक्षी रुपमा हेरिएकाे याे यान अगष्ट २० तारिखमा चन्द्रमाको कक्षमा प्रवेश गरेको थियाे । गएकाे शनिबार चन्द्रमाको सतह नजिकै पुगेकाे बताइएकाे थियाे । पूर्व योजनाअनुरुप विक्रम ल्याण्डर शनिबार बिहान साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमाको सतहमा उत्रनु पर्दथ्यो । तर साे वेलादेखि नै विक्रम ल्याण्डर सँग सम्पर्क टुटेकाे छ ।

‘जीवनमा कहिलेकाहीँ उतारचढाव आउँछन्, सम्पर्क टुट्ने बेलासम्म मैले देखिरहेको थिएँ,’ प्रम माेदीले वैज्ञानिकहरुसँग भनेका छन्, ‘प्राप्त उपलब्धी पनि ठूलाे हाे, देशले तपाईँहरुसँग गर्व गरेको छ ।’

भारतकाे याे दाेस्राे चन्द्रयान हाे । यसअघि पहिलोपटक उसले सन् २००८ मा पठाएको चन्द्रयान- १ ले चन्द्रमाको बाहिरी सतहमा पानी भए/नभएको बारे सूचना पृथ्वीमा पठाएको थियो । तर पछिल्लाे यान सम्पर्कबाहिर गएपछि भने भारतीय वैज्ञानिक चिन्तित रहेकाे जनाइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.