एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2020 May 23 | 09:27 pm 2137

धनुषा, जेठ १०ः जिल्लाको धनौजी गाउँपालिका ४ मुसहर टोलबाट शनिबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १८ वर्षीय रुपेशकुमार यादव र १९ वर्षीय विपीन यादव रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडीझिजाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा एक्जीप्लोन ५० बोतल, नाईट्राभेट ट्याब्लेट ३५ पत्ता र स्पास्मो ट्याब्लेट १२ पत्ता फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले उनीहरुको साथबाट एउटा मोवाईल सेट र नगद एक हजार सात सय ५५ रुपैया समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोवाईल सेट र नगदसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.