पिकअप गाडीको ठक्करबाट वृद्धाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Oct 05 | 05:08 pm 1563

सप्तरी, असोज १८ :कञ्चनरुप–फत्तेपुर सडकअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठमा शनिबार भएको दुर्घटनामा एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठ बस्ने ७२ वर्षीया टंककुमारी खतिवडा रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।

कञ्चनरुपबाट फत्तेपुर जाँदै गरेको स.च १३६० नम्बरको पिकअप गाडीले दिएको ठक्करले घटनास्थलमै उनको मृत्यु भएको छिमेकी चित्रबहादुर कटवालले जानकारी दिए । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शव परीक्षण भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.