पाेखरामा विद्यार्थीद्वारा माेदीकाे पुत्ला दहन

| 2020 May 10 | 04:20 pm 1577

कास्की, बैशाख २८ः आइतबार विद्यार्थी संगठनले पोखराको महेन्द्रपुलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।

दिउँसाे ३ बजेको समयमा पोखराको महेन्द्रपुलमा जम्मा भएका केही विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतको बिरुद्ध नाराबाजी गर्दै पुत्ला जलाएका थिए ।

प्रदर्शनमा उनीहरुले ‘भारतीय बिस्तारवाद मुर्दावाद, लिपुलेक हाम्रो हो’ लगायतका नारा लगाएका थिए । साेही क्रममा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको थियो ।

प्रर्दशनका क्रममा प्रहरीले विद्यार्थीहरू क्षितिज सापकोटा, बिनय तिसमल्सीना, बिशाल गोले र मदन पहारी गरी चार जनालाई पक्राउ गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.