कास्की, जेठ ३२: पोखराको चिप्लेढुंगा चोकको सडक भासिएको छ । पोखरा–४ चिप्लेढुंगाको विपिको सालीक पछाडिको बीच सडकमा शनिबार भासिएको हो ।

डोजर ल्याएर भासिएको खाडल खन्दा पहिलो हिलो माटो र पछि पानी नै निस्किएको वडाअध्यक्ष शंकर बास्तोलाले बताए । खानेपानीको पाइपबाट पानी लिग भएको र पानीकै कारण भासिकएको हुनसक्ने उनले जनाए ।
पोखरामा शुक्रबार दिउँसो ८३ मिलिमिटर वर्षा भएको थियो । याे भन्दा अघिल्लाे वर्षहरूमा पनि पोखराका ठाउँ ठाउँमा जमीन भासिने गरेको थियो ।