पाल्पामा करेन्ट लागेर एक मजदुरको मुत्यु

रिपोर्ट नेपाल | 2022 Sep 06 | 12:33 pm 1865

पाल्पा, भदाै २१: पाल्पामा एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। तानसेन नगरपालिका वडा नं १ गैरागाउँमा बस्दै आएको खोटाङ जिल्ला जन्तेढुङ्गा गाउँपालिका वडा नं  ३ का ३४ वर्षीय महेश राईको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए।

तानसेन नगरपालिका वडा नं ४ मा झविन्द्र देवकोटाको घर निर्माणको क्रममा अचानक करेन्ट लागी घाइते अवस्थामा रहेका राईको तानसेन मिशन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.