पार्टी स्थापना दिवस कार्यक्रममा किन देखिएनन् चार पूर्वमन्त्री ?

रिपोर्ट नेपाल | 2022 Aug 25 | 05:57 pm 1657

काठमाडौं, भदाै ९ः एकीकृत समाजवादी पार्टीले बिहीबार पहिलो स्थापना दिवस मनाएको छ ।  एकीकृत समाजवादी पार्टीको पहिलो स्थापना दिवस कार्यक्रममा चार पूर्वमन्त्री उपस्थित भएनन् ।

पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्व मन्त्री चारजना नेता कतै देखिएनन् । चार मन्त्री फिर्ता प्रकरण भुसको आगो झैं झन् झन् गढिँदै गएको पाइएको यो प्रकरण अझै सेलाउन नसकेको देखिएको हो ।

पूर्वमन्त्री रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र किसान श्रेष्ठ स्थापना दिवस कार्यक्रममा सहभागी नभएका हुन् । उनीहरू कार्यक्रममा नदेखिनुको कारण मन्त्रीबाट हटाएपछिको असन्तुष्टि बुझिएको छ । झाँक्री पार्टी सचिवसमेत हुन् ।

एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीले गत वर्ष आजकै दिन पार्टी दर्ताको प्रमाणपत्र पाएको थियो ।

एकीकृत समाजवादी अध्यक्षमा माधवकुमार नेपाल र नेतामा झलनाथ खनाल छन् । उक्त पार्टीमा १७ जना पदाधिकारी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.