पार्किङ गरेर राखेको कारमा आगाेलागी

रिपोर्ट नेपाल | 2020 Jun 11 | 08:31 am 2301

गाेरखा, जेठ २९ः गएराति गोरखा नगरपालिका–८, चाइनिज धारा स्थित एक मोटर ग्यारेजमा पार्किङ गरेर राखेको कारमा आगाेलागी भएको छ ।

स्थानीय दिपक केसीको बा १२ च ५९८४ नम्वरको टाटा कारमा आगाेलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वासुदेव खतिवडा जानकारी दिए ।

आगाेलागी के कारणले भयो भन्ने एकिन भइनसकेको उनले बताए ।  कार पूर्ण रुपमा क्षतिग्रस्त भएको उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.