पानीको घैटोमा डुबेर एक महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Feb 01 | 03:53 pm 1980

गुल्मी, माघ १८ : गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं ४ बलचौरमा घरमै रहेको पानीको घैटोमा डुबेर एक जनाको मृत्यु भएको छ। मुत्यु हनेमा रुरु गाउँपालिका वडा नं ४ की २० बर्षकी रक्षा सुनार रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

जिल्ला प्रहरी कार्यलय गुल्मीका अनुसार घैटोबाट पानी निकाल्ने क्रममा शुक्रबार बिहान करिब ११ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक रबिन्द्र खड्काले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.