पानी फ्याक्ट्रीमा खानेपानी मन्त्री बीनाले मारिन् छापा

| 2018 Sep 15 | 12:49 pm 1415

शनिबार विहानै खानेपानी मन्त्री बीना मगरले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा रहेका पानी उद्योगहरुको अनुगमन गरेकी छिन् । अनुगमन टोलीको नेतृत्व गर्दै मन्त्री मगर विहानै फिल्डमा उत्रिएकी थिइन् । मन्त्रीको निर्देशनमा मन्त्रालय मातहतका कर्मचारी तथा सचिवालयका विभिन्न पाँच वटा टीमले अलग अलग स्थानमा अनुगमन गरेका थिए ।

अनुगमन टोलीले बौद्ध जोरपाटी क्षेत्रबाट चार वटा स्टिकर नराखेका ट्यांकरहरुलाई नियन्त्रणमा लिएको बताइएको छ। खानेपानी मन्त्रालयसम्बद्ध अधिकारीहरुले काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा अनुगमन जारी राखेका छन् । अनुगमनका लागि खानेपानी मन्त्रालयका पाँच टोली परिचालित गरिएको छ ।

पिउने पानीमा लापर्वाही गरिएको, पिउन अयोग्य पानी बजारमा बिक्री गरिएको गुनासो पछिल्लो दिनमा निकै बढेर गएको छ । सोही गुनासो सम्बोधन गर्ने भन्दै मन्त्री बीना आफै अनुगमनमा निस्किएको उनको स्वकीय सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.