पादरीले ३६ सय बढी बालबालिकामाथि शारीरिक शोषण गरेको खुलासा

रिपोर्ट नेपाल | 2018 Sep 13 | 08:16 am 2915

जर्मनी – जर्मनीमा रोमन क्याथोलिक पादरीहरुले ३६ सय भन्दा बढी बालबालिकामाथि शारीरिक शोषण गरेको खुलासा भएको छ । सन् १९४६ देखि २०१४ सम्मको अवधिमा पादरीहरुले बालबालिकामाथि शारीरिक शोषण गरेको पाइएको रोमन क्याथोलिक चर्च आफैंले गरेको एक अध्ययन प्रतिवेदन बाहिरिएको हो ।

प्रतिवेदनमा १ हजार ६ सय ७० पादरीले ३ हजार ६ सय ७७ बालिकामाथि यौन हिंसा भएको तथ्य रहेको जर्मनीको आउटलेट स्पिगल अनलाइनलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

चर्चका प्रवक्ताले प्रतिवेदनलाई अत्यन्त लज्जास्पद र निराशाजनक भनेका छन् । रोमन क्याथोलिक पादरीद्वारा दशकौंदेखि भइरहेको यौन दुर्व्यवहारका घटनाको लामो श्रृंखलालाई संसारभर सार्वजनिक गर्न सो प्रतिवेदन कोसेढुङ्गा हुनसक्ने जनाइएको छ ।

१३ वर्ष भन्दा कम उमेरका बालकहरु बढी जसो शारीरिक शोषणको शिकार हुने गरेको प्रतिवेदनमा उल्लेख गरिरहेको बीबीसीले जनाएको छ । सो अवधिमा भएका यौनजन्य हिंसामध्ये ३८ प्रतिशत घटनामा मात्रै मुद्दा चलेको र सामान्य अनुशासन सुधारका सजाय मात्रै दिइएको सो प्रतिवेदनमा उल्लेख छ । तीमध्ये एउटा बलात्कारको घटना समेत रहेको थियो । कतिपय घटनाहरुको बारेमा सबुत प्रमाण समेत मेटाइएको पाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.