पाथीभरा देवीको दर्शन गर्न विर्तामोडबाट पैदलयात्रा शुरु

रिपोर्ट नेपाल | 2019 Aug 29 | 02:51 pm 1748

झापा, भदै १२ : झापा हल्दिबारीका एक युवकले ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्न विर्तामोडबाट पैदलयात्रा शुरु गरेका छन् । हल्दिबारी गाउँपालिका–१ का २० वर्षीय नितेश ओलीले विर्तामोडबाट २८३ किलोमिटरको दूरीमा रहेको पाथीभरा देवीको दर्शन गर्न बुधबारबाट यात्रा शुरु गरेका हुन् ।

उनले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को लक्ष्यलाई सफल पार्ने सन्देशसहितको पाथीभारा देवीको दर्शन गर्न पैदलयात्रा शुरु गरेको बताए । एक साताभित्रमा हिँडेरै देवीको दर्शन गर्न पुग्ने लक्ष्य लिएका ओलीले गत वर्ष पनि पैदलयात्राद्वारा नै देवीको दर्शन गरेको बताए । उनले गत वर्ष विर्तामोडबाट पाथीभरासम्म पुग्न सात दिन र फर्कन छ दिनको लागेको बताए ।

उनलाई जिल्ला ट्राफिक कार्यालय विर्तामोडको कार्यालयबाट शुभकामनासहित स्थानीयले बिदाइ गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.