बर्दिया, चैत ४ः पाटेबाघको आक्रमणमा परी मंगलबार दिउँसो बर्दियामा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ठाकुरबाबा नगरपालिका वडा नं. ७ मोहनपुर कि ५५ वर्षीया डल्ली रावत रहेको निकुञ्ज प्रशासनले जनाएको छ ।
रावतसहित तीन जना निगुरोको साग टिप्न गएका महिला मध्ये रावतलाई पाटेबाघले आक्रमण गरी लगेको हो । बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाका अनुसार बेपत्ता महिलाको खोजी भैरहेको बताइएकाे छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र आसपास र खाता जैविक करिडोरमा यस वर्ष मात्रै बाघको आक्रमणमा परी नौ जनाको मृत्यु भैसकेको छ ।
पछिल्लो समय बाघको आक्रमण दिनहुँ बढ्न थालेपछि मध्यवर्ती क्षेत्र आसपास र खाता जैविक करिडोर आसपासका स्थानीयहरु त्रसित बनेका छन् ।