पाकिस्तानी सेनाको गोली लागेर गोर्खा सेनामा कार्यरत गुरुङको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jul 11 | 07:04 am 2752

एजेन्सी, असार २७ः भारत–पाकिस्तानको सीमामा एक जना गोर्खा आर्मीमा कार्यरत नेपाली मारिएका छन् । मृत्यु हुनेमा गुल्मी स्थायी घर भएका हवलदार सम्बर गुरुङ रहेका छन् ।

भारत–पाकिस्तान सीमा जम्बु काश्मिरमा एक जना नेपाली गोर्खा आर्मी मारिएको भारतीय सेनाले जनाएको छ ।

शुक्रबार राती १ बजे जम्बु काश्मीरको लाइन अफ् कन्ट्रोल(एलओसी) क्षेत्रमा भएको गोलाबारीमा पाकिस्तानी सेनाको गोली लागेर घाइते भएका गुरुङको उपचारका क्रममा क्रममा मृत्यु भएको हो ।

भारतीय रक्षा प्रवक्ता कर्णेल देभेन्द्र आनन्दले गुरुङ एक साहसी, उच्च मनोबल भएका र इमान्दार सैनिक भएको उल्लेख गरेका छन् । ‘उनको कतर्व्य पालनाका क्रममा गरेको उच्च बलिदानीको मुलुक सधैं ऋणी रहनेछ’, उनले भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.