पाकिस्तान ए सँग नेपाल ४ विकेटले पराजित

| 2023 Jul 14 | 04:22 pm 1925

काठमाडौं, असार २९ । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ए टिमसँगको खेलमा ४ विकेटले पराजित भएको छ । श्रीलङ्काको कोलम्बो क्लब मैदानमा टस जितेर पहिलो व्याटिङ गरेको नेपालले पाकिस्तान ए लाई १८० रनको लक्ष्य दिएको थियो । जवाफि व्याटिङमा उत्रेको पाकिस्तान ए ले ३२.५ ओभारमा ६ विकेट गुमाएर लक्ष्य भेटाएको हो ।

नेपालका तर्फबाट बलिङ गर्दै पवन सराफले ओपनर हसिबुल्ला खानलाई १२ रनमा गुल्सन झाको हातबाट र अर्का ओपनर सइम अयुबलाई पनि २४ रनमा बाउन्ड्री लाइनमा सन्दीप जोराको हातबाट क्याच आउट गराएका थिए भने तैयव ताहिरले ५१ रन बनाए ।

नेपालका लागि ललित राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले १ विकेट लिए ।

नेपालले दोस्रो खेल सोमवार भारत ए सँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल बुधवार यूएई ए सँग खेल्नेछ । यस प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।

हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ । सेमिफाइनलका दुई विजेता उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल २३ जुलाईमा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.