पाँचौं कोरोना संक्रमित फेला

| 2020 Mar 28 | 05:26 pm 1649

काठमाडौं, चैत १५: नेपालमा कोरोनाको संक्रमित बढ्दै गएको छ । शनिबार पाँचौ संक्रमित भेटिएको पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बेल्जियमबाट काठमाडौं आएकी युवतीमा कोरोना देखिएको हो।

बागलुङ निवासी २२ वर्षीया युवतीमा कोरोना पोजिटिभ देखिएको हो। उनी बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी थिइन् ।

युवतीको अहिले बाग्लुङ अस्पतालमै उपचार भइरहेको बताइएको छ। बाग्लुङ अस्पतालबाटै थ्रोट स्वाब झिकेर जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

डा देवकाटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना देखिएको हो। उनी चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडानमार्फत् काठमाडौं आएको खुलेको छ।

यसअघि फ्रान्सबाट कतार हुँदै आएकी काठमाडौंकी युवतीमा कोरोना देखिएको थियो। उनी अहिले टेकु अस्पतालमा उपचाररत छिन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.