पाँच वर्षीया बालिका र अपाङ्गता महिलालाई बलात्कार गर्ने पक्राउ

रिपोर्ट नेपाल | 2018 Sep 27 | 06:47 pm 2014

भोजपुर, ११ असोज : बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका–४ मेम्पाङका १६ वर्षीय सन्देश राई भनिने सविन, भोजपुर नगरपालिका–१ डाँडा बोखिमका २५ वर्षीय मदन राई र हतुवागढी गाउँपालिका–६ माटोखानी टोलका २५ वर्षीय छत्रमान राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, भोजपुरका साल्पासिलिछो गाउँपालिका–४ मेम्पाङकी पाँच वर्षीया बालिकालाई असोज ६ गते करणी गरेको अभियोगमा सन्देशलाई पक्राउ गरेको छ । त्यस्तै असोज २ गते १५ वर्षीया बालिकालाई स्थानीय पञ्चमाया राईको कोदोबारीमा लगेर बलात्कार गरेको अभियोगमा मदन राईलाई र असोज २ गते नै स्थानीय ४७ वर्षीया अपाङ्गता भएका महिलालाई बलात्कार गरेको अभियोगमा छत्रमान राईलाई पक्राउ गरेको छ ।

पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिए ।

जिल्लामा एक सातामा तीन वटा बलात्कार घटना घटेका छन् । यसरी बलात्कारका घटना दिनानुदिन बढ्न थालेपछि अनुसन्धान तथा सुरक्षा व्यवस्थालाई कडाइ गरिएको भोजपुरका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.