‘पाँच वर्षभित्र बेरोजगारी अन्त्य गर्छौ’ – मन्त्री विष्ट

| 2018 Jun 25 | 04:48 pm 3874

गुल्मी, ११ असार :  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले यो वर्ष देशका दुई लाख युवालाई न्यूनतम रोजगार दिने बताएका छन् । गुल्मीको धुर्कोट गाउँपालिकाको शहीद स्मृति पार्ककाको शिलान्यास गर्दै मन्त्री विष्टले दुई लाख युवालाई न्यूनतम रोजगार दिने बताएका हुन् ।

पछिल्लो समय श्रम र रोजगारको क्षेत्रमा ठूलो चुनौतिकाबीच पनि महत्पूर्ण योजना र निर्णयहरू भएकाले केही समयमै पूर्ण कार्यान्वयन गरिने उनले बताए । मन्त्री विष्टले स्वदेशमा रोजगारको पूर्ण ग्यारेन्टी नहुँदासम्म विदेशमा कामदारहरूलाई ढुक्क र सुरक्षित भएर काम गर्ने व्यवस्था समेत मिलाउने प्रयास भइरहेका बताए । ‘अझै पनि गाउँ र घरको मायालाई पैतालामुनि राखेर कैयौँ युवा परदेशमा श्रम बेचिरहेका छन् ।’ मन्त्री विष्टले भने, ‘पाँच बर्षभत्र बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्छौ ।’

प्रधानमन्त्रीको भारत र चिन भ्रमण विकासका लागि

मन्त्री विष्टले दुई छिमेकीबिचको सम्बन्धलाई जोगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीन भ्रमण गरेकाले थुप्रै विकासको मार्ग खुला भएको बताए । बहुमतसहितको कम्युनिष्ट सरकार प्रति नागरिकको आशा र भरोसा रहेकाले कुनै दिन पछुतो हुन नदिने बताए । ‘व्यक्तिगत स्वार्थमा देशलाई धेरैले धेरै पटक डुबाएका, त्यसैले जनताले परिवर्तनको अनुभूति समयमै गर्न पाएनन् ।’ उनले थपे, ‘विकास र समृद्धि मार्फत २१ औ शताब्दीको महसुस गर्न धेरै समय लाग्दैन ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.