पाँच दिनपछि अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री ओली

| 2018 Nov 02 | 08:20 pm 2942

काठमाडौं, कात्तिक १६ :  प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट पाँच दिनपछि डिस्चार्ज भएका छन्। प्रधानमन्त्री ओलीलार्इ स्वास्थ्यमा समस्या आएपछि १२ कार्तिक सोमबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भाष्कुलर एन्ड रिसर्च सेन्टरमा भर्ना भएका थिए। स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले बताए।

प्रधानमन्त्री ओलीलार्इ छातीको संक्रमण, ज्वरो र खोकी साथै मधुमेहको मात्रा असन्तुलित हुने समस्या भएको थियो। उनको उपचारमा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह र डा शन्तकुमार दास सम्मिलित छन्।

उनी आजै बालुवाटार फर्किएका हुन्। उनलार्इ अरुले भेटघाट गर्न मिल्‍ने भएपनि हात मिलाउन भने नमिल्ने जनाइएको छ।

प्रधानमन्त्रीको मृगौलाको ट्रान्सप्लान्ट गरिएको कारण संक्रमण नहोस् भनेर सिसियुभित्र आइसोलेटेड कोठामा राखेर उपचार गरिएको थियो। उनको ११ वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो ।

यसअघि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बिग्रिएर अस्पताल भर्ना भएपछि उनलाई भेट्न दलका शीर्ष नेताहरु र उच्चअधिकारीहरु शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.