पाँच किलो चरेस सहित लिम्बु एयरपोर्टबाट पक्राउ

| 2023 Jun 23 | 11:34 am 1813

काठमाडौं, असार ८ । एयर इन्डियाको विमानबाट कोलकत्ता हुँदै ओमन जान लागेका एक यात्रुलाई प्रहरीले पक्राउ गरेको छ ।

झापा जिल्लाको भद्रपुर निवासी २५ वर्षीय सुमन लिम्बुलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ४ केजी ७ सय ५० ग्रामसहित  त्रिभुवन विमानस्थलमा प्रहरीले पक्राउ गरेको छ ।

१०८९३५४१ नम्बरको राहदानीबाट ओमन  जान लागेका लिम्बुलाई चेक जाँचका क्रममा पक्राउ गरीएको हो । उनको लगेजभित्र फल्स बटन बनाई सेतो प्लाष्टिकले बेरिएको अवस्थामा विस्कुट आकृति बनाएको र लगेजभित्र रहेको सन पापडीको दुई वटा प्याकेट समेतमा गरी उक्त परिमाणको लागूऔषध फेला परेकाे प्रहरीले जनाएकाे छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.