पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अबरुद्ध

| 2020 Aug 08 | 03:43 pm 2119

गोरखा, साउन २४ः जिल्लाको गण्डकी गाउँपालिका–८ मलेओडारमा पर्ने बेनिघाट–आरुघाट सडकखण्ड पहिरोले अवरुद्ध भएको छ।

लगातार परेको पानीका कारण शनिबार बिहान गएको पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए।

वडाध्यक्ष रामप्रसाद लामिछानेका अनुसार बेनिघाट बजारदेखि करिब एक किलोमिटर पूर्वतर्फ माथिबाट खसेको ठूलो पहिरोले सडक अवरुद्ध भएको जानकारी दिए।

बेनिघाट हुँदै उक्त सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्, उनले भने, पहिरो हटाउनका लागि मेसिन खोज्ने काम भइरहेको छ। पहिरो ठूलो भएकाले तत्काल हटाउन सक्ने सम्भावना भने नरहेको वडाध्यक्ष लामिछानेको भनाई छ।

पहिरोले सडक अवरुद्ध भएपछि यात्रुहरु गन्तब्यममा पग्न नसकी बाटोमा नै अलपत्र परेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.