मुस्ताङ, माघ ९ : मुस्ताङको झरपझोङस्थित छैरे भन्ने ठाउँमा वर्षात् र भारी हिमपातका कारण पहिरो गएको छ । पहिरोले गर्दा कालिगण्डकी नदी थुनिएको स्रोतले जनाएको छ ।
रिपोर्ट नेपाललाई समाचार प्राप्त हुँदासम्म उक्त थुनिएको स्थान खुलाउन स्थानीय प्रशासन र स्थानीय बासीले प्रयास गरिरहेको जानकारी दिएका छन् ।