पहिरोमा परी दुईको मृत्यु

रिपोर्ट नेपाल | 2019 Jun 13 | 04:03 pm 2941

मकवानपुर, जेठ ३०:  जिल्लाको राक्सिराङ गाउँपालिका –८ स्थित थाहा ढुंगामा बाटो खन्दै गर्दा पहिरो खसी दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन शक्तिखोरका सन्दीप श्रेष्ठ र रोशन बुढाथोकी रहेको वडा अध्यक्ष सिंगलाल चेपाङले जानकारी दिए । घटना बिहीबार दिउँसो सडक खन्ने क्रममा भीरबाट खसेको पहिरोले पुर्दा डोजरका हेल्परहरु ज्यान गएको हो।

वडाअध्यक्ष सिंगलाल चेपाङका अनुसार डोजर अपरेटरको सकुशल उद्धार गरिएको छ । पहिरोले पुरिएका श्रेष्ठ र बुढाथोकीको शव निकाल्न नसकिएको बताए ।

इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थल गएको छ। घटनास्थल पुग्न प्रहरीलाई ३ घण्टा लाग्ने बताइएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको लगानीमा थाहाढुंगामा ग्रामीण सडक निर्माणको काम भइरहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.