बझाङ, असार २०ः गएराति अबिरल वर्षासँगै पहिरो खस्दा केदारस्युँ गाउँपालिका वडा नं. ८ मल्लेसको एक बस्तीमा १७ घर बगाएको छ ।
उक्त पहिरोमा परी ७ जना बेपत्ता भएको स्थानीय लोकेन्द्र बिकले बताए ।
बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमका अनुसार अहिले घटनास्थल तिर प्रहरी टोली पठाईसकिएको जानकारी दिए ।
बाटो खोला किनारमा भएको र खोलामा अत्यधिक पानी आएर बाटो नभएको कारण प्रहरी घटना स्थल पुग्न समय लाग्ने बताइएको छ ।
घटनाको थप विवरण प्रहरीको टोली उक्त स्थानमा पुगेपछि प्राप्त हुने प्रहरीले जनाएको छ ।