पहिराेले २ घर बगाउँदा पर्वतमा ३ जनाकाे शब फेला, ६ जना बाेपत्ता

| 2020 Jun 14 | 07:31 am 1636

पर्वत, जेठ ३२ः गएराति अविरल वर्षाका कारण कुस्मा नगरपालिका ३ दुर्लुङमा पहिरोले २ घर पुरिँदा ३ जनाको शब भेटिएको छ भने ६ जना अझै बेपत्ता रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीका अनुसार राती २ बजे सम्म पहिराेमा पुरिएकाकाे खोजी गरिएको र अहिले बिहानै देखि स्थानीय तथा सुरक्षाकर्मीले  तीब्र रूपमा खोजी गरिरहेका छन् ।

पानी परिरहेको र अध्याँरोका कारण गएराति खोजी गर्न कठिन भएको थियो । आइतबार बिहानै देखि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले घटनास्थलमा उद्दार र खोजीको काम थालेको डिएसपी अधिकारीले बताए ।

पहिरोमा परी स्थानीय तुलबहादुर थापा, उहाँकी श्रीमती नीलकुमारी थापा र नातिनी (छोरातर्फ) अन्दाजी १० वर्षीया विविशा थापाको मृत्यु भएको हो।

पहिरोमा परी तुलबहादुरका छोरा र छोरीतर्फका २ नाति बेपत्ता रहेका छन्। भने कमला बिकको परिवारको कमला सहित ३ जना पनि बेपत्ता छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.