पश्चिमी वायुको आंशिक प्रभाव कायमै

| 2021 Feb 24 | 08:43 am 2113

काठमाडौँ फागुन १२: मौसम पूर्वानुमान महाशाखाक अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको जनाएको छ। हाल देशका प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहि अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा अपरान्हतिर मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको माहाशाखाले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.