पश्चिम नेपालको दैलेखमा भूकम्पको धक्का महसुस

रिपोर्ट नेपाल | 2019 May 12 | 06:28 am 1791

काठमाडौं, वैशाख २९: शनिबार मध्ये राति पश्चिम नेपालको दैलेखमा भूकम्पको धक्का महसुस भएको छ । राति १२ बजेर ३६ मिनेटमा दैलेखको बालुवाटारमा भूकम्पको धम्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ५.१ म्याग्नेट्यूडको थियो । गत वैशाख ११ गते धादिङ केन्द्रबिन्दू भएर ५.२ म्याग्नेट्यूडको भूकम्प गएको थियो ।

भूकम्पले धक्का दिएपछि उक्त क्षेत्रमा सर्वसाधारणको भागाभाग भएको प्रहरीले जनाएको छ । मध्ये राति सुतेको बेला भुकम्पले धक्का दिँदा सर्वसाधारण आतंकित भएका थिए । अहिले भने अवस्था सामान्य भइसकेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.