पशुपतीमा बस्ने साधुमाथि खुकुरी प्रहार

| 2021 Sep 27 | 05:12 pm 1785

काठमाडौं, असाेज ११: सोमबार पशुपती मन्दिर परिसरमा साधुमाथि खुकुरी प्रहार भएको छ। विश्वरुपा मन्दिर नजिकै ३५ वर्षीय सन्तोष बाबालाई अज्ञात समुहले खुकुरी प्रहार गरेको महानगरिय प्रहरी परिसर टेकुका प्रवक्ता रमेश बस्नेतले बताए।

उनका अनुसार सोमबाट बिहान साधु उठेर शौचालय गइरहेको बेलामा एक जना व्यक्ति आएर गाँजा निकाल भन्दै धम्काएका थिए। उनले छैन भनेपछि उनीमाथि खुकुरी प्रहार भएको थियो।

करिब ४ -५ वर्षदेखि पशुपतीमा बस्दै आएका सन्तोष बाबा हिन्दी मात्रै बुझ्छन्। उनलाई हाल वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गरिरहेको छ। प्रवक्ता बस्नेतका अनुसार साधुको अवस्था सामान्य रहेको र कुराकानी गरिरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.