पशुपति मन्दिरकाे गोरखनाथ बाबाको मूर्ति चोरी

रिपोर्ट नेपाल | 2019 Feb 24 | 02:54 pm 1962

  • शिवमणी भण्डारी

काठमाडौँ, फागुन १२ : काठमाडौँ महानगरपालिका–८ पशुपति मन्दिर हङ्स मण्डपस्थित खुल्ला चौरबाट गएराति ढलौटमा पित्तलको जलप लगाएको गोरखनाथ बाबाको मूर्ति चोरी भएको छ ।

करीब ३.५ फिट अग्लो ३५ किलो तौल भएको उक्त मूर्ति चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ओम सेना नेपालको कार्यालय सोह्रखुट्टेमा रहेको उक्त मूर्ति सोही संस्थाबाट शिवरात्रि मेलाका लागि पशुपति मन्दिर हङ्स मण्डपमा लगिएको थियो ।

शिवरात्रि मेलामा आउने बाबाहरुले मूर्ति लगेर राखेकामा राति उक्त स्थानबाट मूर्ति चोरी भएको र चोरीमा संलग्नहरुको खोजीका साथै घटनाबारे अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.