पशुपति जंगलमा एक जोडीले लगाए पासाे

रिपोर्ट नेपाल | 2019 Sep 03 | 02:29 pm 3091

काठमाडौं, भदाै १७: गौशालास्थित पशुपति नजिकैको जंगलमा एक जोडीले पासाे लगाएर आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा खोटाङ दिक्तेल नगरपालिका–१० घर भई काठमाडौंको बाँसबारी बस्ने ४० वर्षीय जय गिरी र याङ्खा गाउँपालिका–५ घर भएकी उमिता दमाई रहेका छन् ।

उनीहरूले एउटै पासोमा झुण्डिए आत्महत्या गरेका हुन् । उमिता केही दिनअघि मात्र काठमाडौं आएको बुझिएकाे छ ।

महानगरीय प्रहरी वृत गौशालाका डिएसपी प्रदीपकुमार सिंहले झुण्डिएको अवस्थामा दुइ जनाको शव फेला परेको र घटनाको अनुसन्धान भैरहेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.