पर्सा, मंसिर २ः पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा फर्जी मतपत्र सहित एक भारतीय पक्राउ परेको दुईदिन वित्न नपाउँदै फेरि फर्जी मतपत्र सहित पर्सामा नै दुई अभियुकत पक्राउ परेका छन् । तर उनीहरु पर्साका मतदातालाई लक्षित नगरी बाराका मतदातालाई प्रभावमा पार्न उद्धत्त रहेको प्रारम्भिक अनुसन्धानले देखाएको पर्सा प्रहरीले जनाएको हो ।
पक्राउ परेका अभियुक्त वीरगन्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका वडा नंं १६ का २३ वर्षीय अमिरी राउत कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए ।
अभियुक्तहरुको साथबाट ९ हजार फर्जी मतपत्र र २ सय ५० थान स्वस्तिक छाप सहित ४८ वटा स्टाम्प्याड समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तहरुलाई पर्साका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाई थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक बस्नेतले बताए । बाराको कलैयाबाट वीरगन्ज आइरहेको समयमा राती सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई वीरगन्ज बसपार्क नजिकबाट पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा उनीहरु आइरहेका थिए । राती ड्यूटिमा खटिएको प्रहरी टोलीले बिहीबार राती गाडी रोकी चेकजाँच गर्ने क्रममा फर्जी मतपत्र र २ लाख ७२ हजार नगर पनि बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले बताए । तीन सय जति फर्जी मतपत्रको साइकल छापमा स्वस्तीक छाप हानिएको भेटिएको प्रहरीले जनाएको छ । राजधानी दैनिकबाट