पर्सा–१ (ख) बाट लालबाबु राउत निर्वाचित

रिपोर्ट नेपाल | 2022 Nov 23 | 08:24 am 1825

काठमाडौं, मंसिर ७ः जनता समाजवादी पार्टी बाट पर्सा–१ (२) का उम्मेदवार मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामनारायणप्रसाद कुर्मीलाई पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । राउतले ७ हजार ५४५ मत पाउँदा कुर्मीले ६ हजार २१२ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनयकुमार झा रहेका छन् । उनले २ हजार ८४१ पाएका छन् । यस्तै, हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफले २ हजार ४१ मत प्राप्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.