पर्यटन मन्त्री भट्टराईलाई कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Oct 10 | 07:26 pm 1829

काठमाडौं, असाेज २४: संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनले काेराेना संक्रमण भएको जानकारी सामाजिक सञ्जाल फेसबुकबाट दिएका छन्।

उनकाे आज शनिबार गरिएको परीक्षणबाट उनमा कोरोना पुष्टि भएको बताएका छन्। भट्टराईले कोरोना संक्रमणपछि लक्षणका रुपमा आफूलाई हल्का ज्वरो आएको उल्लेख गरेका छन्।  ‘हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महशुस भयो’, उनले भनेका छन्, ‘आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भर्खरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वरोबाहेक अरु समस्या देखिएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.