पर्यटन मन्त्रालयका उपसचिव घुससहित पक्राउ

| 2022 Aug 02 | 07:25 pm 1557

काठमाडाैं, साउन १७ः संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुससहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई ६ लाख घुससहित रंगेहात पक्राउ गरेको हो।उनलाई नक्साल नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको उजुरीपछि अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.