पर्यटक बाेक्ने बसमा ५५ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद

| 2019 Sep 29 | 08:55 am 2151

काठमाडौं, असाेज १२: पर्यटक बाेक्ने बसमा भन्सार छलेर ल्याइएको ५५ लाख रुपैयाँ बराबरको कपडा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले बरामद गरेको छ ।

विष्णुमतीमा रोकि राखिएको बा ५ ख ६९३९ नम्बरको टुरिस्ट बसबाट प्रभागका प्रहरी निरीक्षक भुपेन्द्र गिरी नेतृत्वको टोलीले अवैध कपडा बरामद गरेको हो ।

उक्त अवैध कपडा ४१ वटा सेतो बोरामा बसको छतमुनि फल्स बटम बनाएर राखिएको अवस्थामा भेटिएका र ती बोरामा ३ हजार ७ सय ४ वटा विभिन्न रंगका रेडिमेट सर्ट भेटिएको प्रहरीले जानकारी दिए ।

ती बरामद गरिएका कपडा खानतलासी र बरामदी मुचुल्का तयार गरेर प्रहरीले आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज पठाएको छ । अवैध कपडा कस्को हाे भन्नेबारे केही पनि पत्ता लागि नसकेकाे प्रहरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.