परासीमा बेवारिसे अवस्थामा स्कुटर फेला

रिपोर्ट नेपाल | 2023 Jul 28 | 01:13 pm 2309

– रबिन्द्र यादव

पश्चिम नवलपरासी,  साउन १२ । रामग्राम नगरपालिका वडा नं ६ पोखरापाली स्थित सडकको छेउमा बिहिवार बेवारिसे अवस्थामा नेपाली प्लेट नम्बरको स्कुटर फेला पारेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय परासीबाट गएको गस्ती टोलीले उक्त स्कुटरलाई बेवारिसे अवस्थामा देखेपछि कार्यालयमा ल्याएको सुचना अधिकारी भोजराज पाण्डेले बताए ।

अहिले ग २४ प ६२१ नम्बर प्लेट तथा रातो र कालो कलर भएको स्कुटर जिल्ला प्रहरी कार्यालय परासीमा राखिएको छ । सम्बन्धित स्कुटर धनीले आफ्ना आवश्यक कागजात सहित कार्यालयमा आएर सम्पर्क राख्न सक्ने उनले बताए ।

एक साता अगाडि जिल्लाको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट एकै दिन रातिको समयमा एक गाडी धनीको घर आगनबाट ४ वटा मोटरसाइकल चोरी भएको थियोे । जिल्लामा मोटरसाइकल चोरीको घटना बढ्दै जादा प्रहरीले रातिको बेला गस्ती बढाउन जरुरी देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.