पत्रकारले देश र जनताको पक्षमा कलम चलाउनु पर्छ: ओम शर्मा 

| 2021 Mar 07 | 09:55 am 3029

थम्मन थापा

बागलुङ फागुन २३ : प्रेस संगठन नेपालका सह इन्चार्ज ओम शर्माले जनता र परिवर्तनको पक्षमा पत्रकारहरुले कलम चलाउनु पर्ने बताएका छन । प्रेस संगठन नेपाल बागलुङको जिल्ला भेलालाई सम्बोधन गर्दै सह इन्चार्ज शर्माले यस्तो बताएका हुन । शान्तिपूर्ण धार बाट समाज परिवर्तन गर्न सकिन्छ भनेर दुई कम्युनिष्ट पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट प्रेस संगठन नेपाल आवाज विहिन जनताको प्रतिनिधित्व गर्दै जीवन जगतलाई बुझेर समाज परिवर्तन गर्ने खालको पत्रकारिता गर्नुपर्ने उनले धारणा राखे ।

पत्रकारिता एउटा विश्व विद्यालय भएकोले नयाँ र नवीनतम खोजी पत्रकार र सञ्चार माध्यमले गर्नुपर्ने उनको भनाई छ । प्रेस संगठन नेपाल जनताको प्रतिनिधित्व गर्ने जागरुक संगठन हुनु पर्ने शर्माले उल्लेख गरे । विचारलाई बुझेर अग्रगमन दिशा तर्फ लाग्नु पर्ने आजको आवश्यकता रहेको पनि शर्माले बताएका थिए । यो कुनै व्यक्तिको विषय नभई पात्र र प्रवृत्तिको विषय भएको भन्दै गलत कार्यको पछि नलाग्न उनले आग्रह गरे ।

सो अवसरमा गण्डकी प्रदेश सांसद तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा, प्रदेश सांसद चन्द्र बुढा मगर, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, प्रेस संगठन नेपाल गण्डकी प्रदेश इन्चार्ज हरि नारायण गौतम, प्रेस संगठन नेपाल गण्डकी प्रदेश सह इन्चार्ज श्रीराम सिग्देल, तत्कालीन प्रेस चौतारीका उपाध्यक्ष नवराज सुवेदी, नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष मुकेशचन्द्र राज भण्डारी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, प्रेस युनियन बागलुङका अध्यक्ष प्रदीप पन्त, प्रगतिशील पत्रकार संघका जिल्ला सचिव विजय रानाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम प्रेस संगठन नेपाल बागलुङका सह इन्चार्ज राम थापाको अध्यक्षता, प्रेस संगठन नेपाल अनुशासन आयोगका कोपिला कँडेलको स्वागत मन्तव्य र तारानाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.