पत्रकार महासंघ ५ नम्बर प्रदेशद्धारा अगुवाहरुसँग छलफल

रिपोर्ट नेपाल | 2019 Jan 23 | 06:40 pm 1923

बुटवल, माघ ९ नेपाल पत्रकार महासंघ प्रदेश नंं ५ समितिले प्रदेशका अगुवा पत्रकारहरुसँग छलफल गरेका छन् । प्रदेश सरकारले प्रदेश सभामा पेश गरेका विधेयक, सरकारले निर्माण गरेको सञ्चार नीति, बनाउँदै गरेका विधेयक तथा कानूनहरुका सम्बन्धमा आधिकारीका धारणा तय गर्न सो छलफल गरेको हो ।

छलफल पश्चात् ति ऐन, कानून, नीति र विधेयकमा कुनकुन धारा, उपधारा तथा बुँदाहरु स्वतन्त्र प्र्रेस माथि अंकुश लाग्न सक्ने छन ? र कुन कुन कुरा सच्याउन जरुरी छ ? भन्ने कुराको निक्र्यौल गरी सुझाव समेत पेश गर्ने गरी दुईवटा सुझाव समिति गठन गरेको छ ।

हाल प्रदेश सभामा पेश भएको प्रदेश प्रशारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा सुझाव दिन मोहोन चापागाईको नेृत्वमा एक समिति र छापाखाना र प्रकाशन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा आवश्यक सुझाव दिन डिआर घिमिरेको नेतृत्वमा अर्को समिति गठन गरिएको छ ।

प्रदेश सभामा पेश भएको प्रदेश प्रशारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा सुझाव दिन मोहोन चापागाईको नेतृत्वमा अर्जुन गिरी, सुदिप गौतम, दिनेश पाण्डे, भोषराज पाण्डे सदस्य रहेका छन् भने छापाखाना र प्रकाशन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा आवश्यक सुझाव दिन डिआर घिमिरेको नेतृत्वमा बनेको समितिमा दिपक ज्ञवाली, प्रताप रेग्मी, झलक गैरे र नवराज कुंवर सदस्य रहेका छन् ।

समितिले आवश्यक सुझाव तयार गरी नेपाल पत्रकार महासंघ प्रदेश नंं ५ मा बुझाउने र उक्त कुरा सम्बन्धित मन्त्रालय, सरकार र प्रदेश सभा सदस्य र सम्बन्धित समितिसँग आवश्यक परामर्श गरी शंसोधनका लागि अनुरोध गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ प्रदेश नंं ५ का अध्यक्ष मौसम रोकाले जानकारी दिए ।

यसैगरी आजै नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ को नेतृत्वमा प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीसँग भटघाट भएको छ । सो अवसरमा प्रदेशमा बन्न थालेका सञ्चार सम्बन्धि ऐन, कानून तथा विधेयकहरुमा भएका केही कुरा स्वतन्त्र प्रेस विरोधी भएको भन्दै यस विषयमा पहल गरिदिन अनुरोध गरिएको थियो । उक्त समारोहमा बोल्दै सभामुख घर्तीले यस विषयमा सरकारसँग आवश्यक समन्वय गरी अगाडि बढ्न टोलीलाई आग्रह गर्दै आवश्यक समन्वयका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

कार्यक्रममा पत्रकारहरु बालकृष्ण चापागाई, विनोद पहाडि, दिपक ज्ञवाली, दिनेश पाण्डे लगाएतले आफ्ना धारणा राखेका थिए ।
छलफल र भेटघाटको अध्यक्षता प्रदेश ५ का अध्यक्ष मौसम रोकाले गरेका थिए भने सञ्चालन बरिष्ठ उपाध्यक्ष भरत केसीले गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.