पछिल्लो २४ घन्टामा थप १ हजार २४ जनामा कोरोना पुष्टि, १० को मृत्यु

| 2020 Dec 05 | 04:35 pm 1761

काठमाडौँ मंसिर २० : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह दिएको जानकारी अनुसार देशभरमा थप १ हजार २४ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ भने २ लाख २४ हजार ५३ जना डिस्चार्ज भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको छ। अहिलेसम्म नेपालमा कुल १७ लाख ७८ हजार २४ जनाको पीसीआर परीक्षण भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.